२०८० मंसिर १८ गते | 4th of December 2023

चुनावी तालमेल गरेको लोससपालाई गठबन्धनको बैठकमा बोलाइएन

चुनावी तालमेल गरेको लोससपालाई गठबन्धनको बैठकमा बोलाइएन
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते १०:५३

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएपनि सत्ता गठबन्धनको बैठकमा लोसपालाई बोलाइएको छैन । गठबन्धनको प्रधानमन्त्री

निवास बालुवाटारमा सुरु भएको बैठकमा लोसपालाई सहभागी नगराइएको हो । गठबन्धनको बैठकमा जनमोर्चाबाट भने दुर्गा पौडेल सहभागी छिन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *