२०८० मंसिर १८ गते | 4th of December 2023

पाल्पामा लागुऔषधसहित एक युवक पक्राउ

पाल्पामा लागुऔषधसहित एक युवक पक्राउ
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते १०:५५

पाल्पामा एकजना युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको बगनासकाली–३, पोखराथोक नजिकैबाट पाल्पा प्रहरीले लागूऔषधसहित पोखरा महानगरपालिका–२७ का ३९ वर्षीय अनिल साइलाई आइतबार पक्राउ गरेको हो ।

बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गको पोखराथोकमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । पक्राउ परेका साइमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *