२०८० मंसिर १८ गते | 4th of December 2023

एसियन कप आयोजकबाट पछि हट्यो भारत

एसियन कप आयोजकबाट पछि हट्यो भारत
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ११:२३

काठमाडौं । सन् २०२७ को एएफसी एसियन कप आयोजनाको दाबीबाट भारत पछि हटेको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार भारतले एसियन कप २०२७ आयोजनाको दाबी फिर्ता लिएको जनाएको  छ ।

यस अघि एसियन कप २०२७ आयोजनाका लागि भारतले दाबी पेश गरेको थियो ।

अल इन्डिया फुटबल फेडेरसनले दाबी फिर्ता लिएको पत्र पठाएको एएफसीले जनाएको छ ।

भारतसँगै साउदी अरेबियाले एसियन कप आयोजनाका लागि दाबी पेश गरेको थियो ।

एएफसीले अब बहराइनमा हुने एएफसीको कंग्रेसबाट आयोजक राष्ट्र छनोट गरिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *