२०८० मंसिर १८ गते | 4th of December 2023

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरियो

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरियो
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ०:०८

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो।

खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केही राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो।

गोलरहित बराबरी भएपछि जारी विश्वकपको नकआउट चरणमा दोस्रोपटक खेल अतिरिक्त समयमा धकेलिन पुग्यो।

मोरक्को विरुद्धको खेलमा ७४ प्रतिशत खेल पोसेसनमा राखेपनि स्पेनले गोल गर्न भने सकेन। स्पेनले कुल ७ सट प्रहार गर्दा मोरक्कोले ४ सट प्रहार गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *