२०८० मंसिर १८ गते | 4th of December 2023

‘सोल अफ द कमाण्डो’ को गीत सार्वजनिक

‘सोल अफ द कमाण्डो’ को गीत सार्वजनिक
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ०:३५

काठमाडौं, नयाँ नेपाली फिल्म ‘सोल अफ द कमाण्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । जिन्दगीको‘’ बोलको गीतको अडियो सार्वजनिक गरिएको हो । अडियो ओएसआर डिजीटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आगामी शुक्रवार अर्थात् मंसिर २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको कथा खुल्ने भएकोले अडियो गीतमात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ।

गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ । गीतको शब्द रचना भने फिल्मका मुख्य अभिनेता राजकुमार राइले ले गरेका छन् ।

राजकुमार राईको २४ वर्षपछि ‘सोल अफ द कमाण्डो’ फिल्ममार्फत अभिनय क्षेत्रमा पुनरागमन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *