२०८० मंसिर १५ गते | 1st of December 2023

सरोज-आश्माको अभिनयमा ‘मरे त सम्झना’ बजारमा

सरोज-आश्माको अभिनयमा ‘मरे त सम्झना’ बजारमा
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ०:४२

काठमाडौँ, गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ ।

उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो ।

गायक एवम् संगीतकार आर बि लामाको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन भने श्याम श्वेत रसाइलिले मिक्सिङ गरेका हुन ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर बि लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्य लक्ष्मी शाह र श्रेयस ता माङको अभिनय समेटिएको छ ।

राम कुमार केसिले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *