२०८० मंसिर १८ गते | 4th of December 2023

गीतकार श्रेष्ठको ‘बिरानो सहर’

गीतकार श्रेष्ठको ‘बिरानो सहर’
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ०:५३

काठमाडौँ, गीतकार डा राजुबाबु श्रेष्ठको बिरानो सहर गीत सार्वजनिक भएको छ ।अनिर मास्केको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन् ।

सचिन सिंहले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन, छायांकन र सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गरेका छन् ।

गीतमा गायिका मिलन नेवारले स्वर दिएका छन् । बिरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने बिरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *