२०८० मंसिर १९ गते | 5th of December 2023

युक्रेनको आधाभन्दा बढी भागमा विद्युत् आपूर्ति बन्द

युक्रेनको आधाभन्दा बढी भागमा विद्युत् आपूर्ति बन्द
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ०:५७

किभ, रूसी फौजले भयानक आक्रमण गरेपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाइराख्न त्यसलाई आपतकालीन रुपमा बन्द गर्न लागेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

उनले युक्रेनका थुप्रै क्षेत्र आक्रमणबाट प्रभावित भएको र स्थानीय निकायहरुले आगामी केही दिनसम्म युक्रेनको करिब आधा भागमा विद्युत् आपूर्ति नहुने चेतावनी दिएको जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार रातभर दक्षिणी सहर जापोरिझझिया नजिकका संवेदनशील पूर्वाधारमा रूसी फौजले थप क्षेप्यास्त्र प्रहार गरेको थियो ।

त्यसैगरी मंगलबार रूसको कुस्र्क क्षेत्रका गवर्नर रोमन स्तारोभोयतले एउटा हवाई मैदानमा गरिएको ड्रोन आक्रमणको कारण तेल भण्डारण ट्यांकमा आगलागी भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *