२०८० मंसिर १८ गते | 4th of December 2023

इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ जना पक्राउ

इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते १:०२

काठमाडौं, इरानको मर्काजीमा विदेशबाट नेतृत्व गरेको सबोटेज नेटवर्क का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।

गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा तोडफोड गर्ने कार्यू गर्ने योजना बनाएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।

गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित प्रतिक्रान्तिकारी तत्त्वहरू को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड र हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *