भिनाजुबाट सालोको हत्या

टीकापुर, कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।
मंगलबार राति ५० वर्षीय गौरीलाल ढुङ्गानाले ४० वर्षका जयराज भण्डारी र ३३ वर्षका पदमराज भण्डारीमाथि हसिया प्रहार गरेका थिए ।
भण्डारी दाजुभाइलाई घाइते अवस्थामा उपचारका लागि टीकापुर अस्पताल पुर्याए पनि पदमराज भण्डारीको मृत्यु भएको छ । ढुङ्गाना नाताले भिनाजु र भण्डारी साला पर्दछन् ।
घाइते जयराजलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज रिफर गरेको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रहरी नायव निरीक्षक चङ्ख कठायतले जानकारी दिए ।
फरार गौरीलाल ढुङ्गानालको खोजी गर्न इलाका प्रहरी कार्यालय जोशीपुर र भजनीबाट दुईवटा टोली परिचालन भैरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रतिक्रिया