२०८० मंसिर १८ गते | 4th of December 2023

अफगानिस्तानमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानिस्तानमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ३:००

एजेन्सी, उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।

गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् ।

तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *