२०८० मंसिर १५ गते | 1st of December 2023

डोटीमा बालकसहित चितुवाको आक्रमणबाट पाँच जना घाइते

डोटीमा बालकसहित चितुवाको आक्रमणबाट पाँच जना घाइते
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ३:०३

डोटी, डोटीमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन्। मंगलबार साँझ साढे बेलुका जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका चार वर्षीय नाति शिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन्।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *