२०८० मंसिर १८ गते | 4th of December 2023

चि मुसी चिको मोसन पोस्टर सार्वजनिक

चि मुसी चिको मोसन पोस्टर सार्वजनिक
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ४:२३

आगामी पुस २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म चि मुसी चिस् इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ।

पुस १५ गते प्रदर्शन हुने भनिएको फिल्म एक साता सारिएको उक्त पोस्टरमार्फत जानकारी दिइएको हो।

फिल्म सार्वजनिक मोसन पोस्टरमा अभिनेत्री प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलाई समावेश गरिएको छ।

एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *