२०७९ चैत १६ गते | 30th of March 2023

कविता सङ्ग्रह ‘अनुभूतिका महक’ सार्वजनिक

कविता सङ्ग्रह ‘अनुभूतिका महक’ सार्वजनिक
Sanchar_np प्रकाशित: २०७९ पुष ४ गते ६:४९

काठमाडौं, कवि ध्रुव जोशीको ‘अनुभूतिका महक’ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसले सो कृति सार्वजनिक गरेका हुन् ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष रोदनले यो उमेरमा यसरी कृति सार्वजनिक गर्नु आफैँमा महत्त्वपूर्ण रहेको र आगामी दिनमा निरन्तरताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *