२०७९ चैत १६ गते | 30th of March 2023

फ्राइडे रिलिज : रामबाबुको फूलबारी हलमा

फ्राइडे रिलिज : रामबाबुको फूलबारी हलमा
Sanchar_np प्रकाशित: २०७९ फागुन ५ गते ६:१६

काठमाडौँ । रामबाबु गुरुङद्वारा निर्देशित फूलबारी आजबाट सिनेमा हलमा लागेको छ ।

दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्कीलगायतको अभिनय रहेका सिनेमालाई कबड्डी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन । नेपाल सामाजिक चलचित्र भनिएको फूलबारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन् ।

चलचित्रको बिहीबार साँझ कमल पोखरीस्थित बिग मुभिजमा प्रिमिएर गरिएको थियो । प्रिमिएरमा अभिनेत्री नीशा अधिकारी, कलाकार निर्मल शर्मा गैडा, निर्देशक डा कपिल रिजाल, निर्माता वितरक गोविन्द शाही फिल्मका कलाकार दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतका कलाकार र रंगपत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमिएरमा सहभागी कलाकारले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *