२०७९ चैत १६ गते | 30th of March 2023

‘प्रसाद २’ को ट्रेलरमा राजनीतिक र पारिवारिक कथा

‘प्रसाद २’ को ट्रेलरमा राजनीतिक र पारिवारिक कथा
Sanchar_np प्रकाशित: २०७९ फागुन १९ गते ६:१९

काठमाडौँं । २४ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मले ट्रेलर हेर्दा राजनीतिक र सामाजिक कथा उठान भएको अनुमान लगाउन सकिन्छ । फिल्ममा विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका छ ।

उनीहरुको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा फिल्म बनेको वुझ्न सकिन्छ । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको कथा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज शिवाकोटीको संगीत छ । फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् । सुभास थापाको प्रस्तुतिमा तयार भएको फिल्म एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो । ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा हिट भएपछि यसको निर्माणपक्षले यसको सिक्वेलको निर्माण गरेको हो ।

लभ स्टोरी फिल्मबाट आफूलाई सफल निर्देशकको रुपमा प्रमाणित गरिसकेका निर्देशक थापाले ‘प्रसाद २’ बाट सामाजिक कथामा पनि आफूलाई अब्बल प्रमाणित गर्ने छनक दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *