२०७९ चैत १६ गते | 30th of March 2023

१० दलले संविधानको मर्ममाथि प्रहार गरे : अष्टलक्ष्मी शाक्य

१० दलले संविधानको मर्ममाथि प्रहार गरे : अष्टलक्ष्मी शाक्य
Sanchar_np प्रकाशित: २०७९ चैत ३ गते १०:२७

काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छन् । शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् । उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् ।

उनले भनिन्– ‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो । पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्यो, स्थितिले पनि महशुस गरायो । यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु ।

शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन्ड बसाएको आरोप लगाइन् । उनले उपराष्ट्रपति निर्वाचनमा दलहरुले देखाएको भुमिकाले राजनीतिमा महिलालाई तेजोवध गर्ने काम गरेको पनि आरोप पनि लगाइन् ।

उनले भनिन्– ‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन्ड बसाको छ, यो एकदमै गलत भयो ।’ उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *