२०७९ चैत १६ गते | 30th of March 2023

स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ चैत ३ गते १०:४७

वीरगञ्ज। बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको हो ।

वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *