२०७९ चैत १६ गते | 30th of March 2023

आज यी तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
Sanchar_np प्रकाशित: २०७९ चैत ४ गते ५:१२

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, मधेस र बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि पनि पहाडी तथा तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *