काठमाडौं । ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परिक्षण गराउदा उनलाई मुटुको समस्या देखिएको थियो ।
बाल्यकालको क्लब ग्रेमियोमा अनुबन्धित उनले सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् ।
लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । लिभरपुलमा १० सिजन बिताउदा उनले ३ सय ४६ खेल खेलेका थिए ।
लिभरपुल छाडेर उनी २०१७ मा इटालियन क्लब लाजियोमा अनुबन्धित भएका थिए । ब्राजिलका लागि उनले २४ खेल खेलेका थिए ।
प्रतिक्रिया