२०८१ वैशाख ७ गते | 19th of April 2024

पोल्याण्डको जित, चेकको बराबरी

पोल्याण्डको जित, चेकको बराबरी
Sanchar_np प्रकाशित: २०७९ चैत १४ गते ३:३६

काठमाडौं । युरोकप छनोटमा पोल्याण्डले जित निकालेको छ । सोमबार राति भएको खेलमा पोल्याण्डले अल्बानियालाई १-० गोल अन्तरले हराएको हो ।

पोल्याण्डको जितमा कारोल स्विडेरस्कीले निर्णायक गोल गरे । कारोलले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् ।

पोल्याण्डको यो पहिलो जित हो । समूह ‘ई’ को दोस्रो स्थानमा रहेको पोल्याण्डले २ खेलमा ३ अंक जोडेको छ ।

अल्बानियाको यो लगातार दोस्रो हार हो । यसै समूहको अर्को खेलमा चेक रिपब्लिकले माल्दोभासँग गोलरहित बराबरी खेलेको छ ।

चेक रिपब्लिक २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । माल्दोभा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *